नेवारी म्युजिक भिडियो “जि खोपय् च्वम्हँ हिरो” सार्वजनिक

काठमाडौं ।

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन (अमर) को रचनामा नेपाल भाषामा तयार भएको “जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ ।

गायक सुर्य कमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवारी गीतमा सुर्यकमल राईकोनै संगीत रहेको छ भने बिसन मानन्धरको संगित संयोजन रहेको छ । ।

सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

अरु म्युजिक भिडियोभन्दा फरक शैलीमा नायकरनायिकालाई मात्र समावेश नगरी छुट्टै कथा समेटिएर चलचित्रमा झैं एक तर्फ नायक र नायिका दोस्रो तर्फ खलनायकको पनि भूमिका रहेको हुनाले भिडियो हेर्दा गीत र संगीतको साथै फिल्ममा जस्तो कथावस्तु समेटेर नायक नायिकाको मायाप्रीत अनि हिरोसँग खलनायकसँगको फाइट सिन पनि रहेकोे कारण दर्शक र स्रोताहरू सबैले म्युजिक भिडियो हेर्दा फिल्म हेरेको जस्तो अनुभव मिल्नेछ ।

उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देख्न सकिन्छ ।

नेपाल भाषामा तयार भएको म्युजिक भिडियोलाई उत्कृष्ट अनि राम्रो भिडियो बनाउनको निमित्त हर सम्भव मेहनत गरेको निर्देशक राजेश मान सिंहले बताउनुभयो ।

म्युजिक भिडियो हेर्ने सबैले नयाँ तथा फरक अनुभव गर्न सकोस् भनेर बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको पनि जानकारी दिनुभयो ।

नेवारी बुझ्ने नबुझ्ने सबैले म्युजिक भिडियो हेरेपछि नेपाल भाषा नै किन नहोस् नेवारी गीतको छुट्टै आनन्द लिन सकिने छ ।

गीतमा द्धन्द निर्देशन सुरज श्रेष्ठ, सहायक द्धन्द निर्देशन बाबु तामाङ, दोर्जे लामा र जीवन कार्कीकाे रहेको छ ।

छायांकन र सम्पादन सोहन मानन्धर, स्टिल फोटो ग्राफी विक्रम खड्गी रहेको छ ।

गीतको निमित्त सल्लाह सुझाव राजु श्रेष्ठको भूमिका उच्च स्थानमा रहेको बताइएकाे छ ।

प्रतिक्रिया