राम्रो काम गर्ने वित्तिकै विरोधीहरूको टाउको दुख्छःअध्यक्ष ओली 

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आफूहरूले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्ने गरेको दोहो¥याएका छन् । 
शुक्रबार काठमाडौमा आयोजित नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धिको काम गर्ने बित्तिकै तिनीहरुको टाउको दुख्ने गरेको बताएका हुन् ।
उनले भने, ‘ हाम्रो विरोधी भनेकै इमानका शत्रु, सहिको सत्रु र न्यायका सत्रु हाम्रो विरोधी हुन । सबैमा समृद्धि होस भन्ने बित्तिकै तिनीहरुको टाउको दुख्छ पिर पर्छ । यो समाज पिरोलीएको बिथोलिएको स्वार्थी पृष्ठभूमिबाट आएको थिचो मिचो दमनको पृष्ठभूमिबाट आएको समाज छ । यि चुनौतीलाई सामना गर्नुपर्छ ।’
उनले विश्वबाट राजतन्त्र र अधिनायकवादीहरू समाप्त भइसकेको बताए । केहि ठाउँमा अपवादका रुपमा रहेका राजतन्त्र जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेको उनको भनाई छ । 
उनले भने,‘ विश्वबाट राजतन्त्र समाप्त भयो । अधिनायकवादहरु समाप्त भए । केही ठाउँमा अपवादका रुपमा छन् । कुनै ठाउँमा राजतन्त्र छन् भने जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेका छन् । नत्र बच्न सक्दैन । कुनै पनि राजतन्त्र लोकतान्त्रिक पृष्ठभूमिबाट आएको हुँदैन् । ’
अध्यक्ष ओलीले जनवादी केन्द्रीयता बाहेक अर्को कुनै सङ्गठनात्मक सिद्धान्तको निर्माण नभएको दाबी गर्दै भने,‘लेनीनवादी जनसङ्गठनको अब काम छैन भन्छन् । जनवादी केन्द्रीयताको काम छैन् भन्छन् । जनवादी केन्द्रीयता बाहेक अर्को कुनै सङ्गठनात्मक सिद्धान्तको निर्माण नै भएको छैन् । अहिले सम्म धर्तीमा जन्म भएको जनवादी केन्द्रीयता सिद्धान्त एकल हो । ’

प्रतिक्रिया