नेपाली कांग्रेस जनताको सुख दुःखको साथीः उपसभापति खड्का

जाजरकोट ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी भएको तर्क गरेका छन् ।
नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्दै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुःखको साथी पार्टी भएर काम गर्नुपर्ने बताए ।
उनले नेपाली कांग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नु नै पार्टीको सहि रुपान्तरण हुने बताए ।

आफूले गर्ने हरेक काम, आफ्ना प्रतिबद्धता र जनतासमक्ष देखाउने व्यवहारमा नेपाल, नेपाली जनता र मतदाताको हित चिताएर काम गरे कांग्रेसमा सकारात्मक रुपान्तरण हुने भन्दै नेपाली कांग्रेसमा जाजरकोट कांग्रेसको ठूलो योगदान रहेको बताए ।
बदलिँदो युग र प्रविधिको बिकासले सबैका गतिविधि जनताले नजिकबाट नियालिरहेको भन्दै इमान्दारिताका साथ काम गरे बिकास, सामाजिक न्याय र सुशासनको चाहने जनताको अपेक्षा पूरा गर्न सकिने उनको भनाई छ ।
उनले मुलकमा अहिलेसम्म भएका लोकतान्त्रिक आन्दोलन र अधिकारको लडाइँ कांग्रेसकै नेतृत्वमा भएको भन्दै परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए ।
केही कुरामा नेपाली जनताको गुनासो नेपाली कांग्रेससँग भएपनि जनताको भरोसा पनि काँग्रेससंगै भएको खड्काको भनाइ थियो ।
कांग्रेस नेपाली जनताको सुख दुःखको साथी ः उपसभापति खड्का
जाजरकोट । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी भएको तर्क गरेका छन् ।

प्रतिक्रिया