मानव सेवा आश्रमको जिम्मेवारी,राज्यले लिन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको मानव सेवा आश्रमलाई राज्यले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मानव सेवा आश्रमले कोही पनि सडकमा बस्न नपरोस केहि भोकै हुन नपरुन भन्ने हेतुले आजदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई सम्बोधन गर्दै उनले, सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको आश्रमले गरेको यो अभियानको उनले खुलेर प्रशंसासमेत गरे ।
राजनीतिज्ञको जिवनमा अनेक तरहका काम र जिम्मेवारी हुने हुदा समाज सेवालाई नजिकबाट नियाल्ने अवसर र समय थोरै हुने भन्दै उनले ‘ यस्तो कार्यक्रममा आउँदा मलाई अलिकति सन्तोष, तनावमुक्त, मानव जीवनका अरु पनि पक्ष छन् भन्ने अनुभूत भए जस्तो भएको छ ।’ भने ।
जिवन राजनीतिक दबाव र चुनौतिमात्रै होइन समाज सेवा, धर्म, कर्तव्य,जिम्मेवारीको अर्को झन बढी महत्वपूर्ण पाटो छ भन्ने कुराको अनुभूत गर्ने अवसर मिलेको भन्दै उनले आफूले यस्ता कार्यक्रमलाई, सरकारले पनि संचालन गर्नु पर्छ भन्ने लागेको सुनाए ।
सोही कार्यक्रममा उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सडकलाई मानव मुक्त गर्ने कामलाई सरकारले सक्दो सहयोग गर्ने बताए । ‘सडक मानव मुक्त घोषणा कार्यक्रम वास्तबमा भन्ने हो भने मानव सेवा आश्रमको अभियानलाई सरकारको तर्फबाट सघाएका मात्र हौं । त्यो कार्यक्रम मानव सेवा आश्रमको नै हो । अहिलेको सरकारले समाजमा जति पनि सकारात्मक कामहरु भइरहेका छन् । ’ उनले भने ‘ति सबैलाई समन्वय गरौं प्रोत्साहन गरौं र जोडेर राष्ट्रमा सामाजिक आर्थिक रुपान्तरण सहित राष्ट्रलाई उत्थान गर्ने अभियानमा जोडिन लागिरहेका छौं । त्यसैले मानव सेवा आश्रमसँग सरकारको गहिरो सम्बन्ध छ । जति हद सम्म गर्न सक्छौं सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं । ’

प्रतिक्रिया