}else{?>
काठमाडौं ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, ६ दिने बेलायत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म संचालन भएको इन्ट्रिगेटेड प्रोग्राम फर स्ट्रेन्देनिङ सेक्यूरिटी एण्ड जस्टीस फेज टू कार्यक्रममा सहभागि हुन त्यसतर्फ गएका महानिरीक्षक कुँवर आज स्वदेश फर्किएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।
कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरुले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्डलगायत विभिन्न अधिकारीसंग भेटघाट गरेका थिए ।
बेलायत भ्रमणको क्रममा नेपाली राजदुताबास लण्डनका राजदुत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको टोलीबीच नेपाली राजदुतावास लण्डनमा भेटवार्ता भएको थियो । भेटघाटका क्रममा नेपाली राजदुतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।