}else{?>
काठमाडौं ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजलमा प्रतिलिटरमा ५ रुपैयाँले घटाउने भएको छ ।
स्वचालित प्रणालि अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भए पछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
चाडपर्वको मुखमा घटेको मुल्यले उपभोक्तामा रहत मिल्ने छ ।