आज तीन प्रदेशमा वर्षा हुने, उच्च पहाडी र हिमालि क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार दिउँसोे लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली हुने र बाँंकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।
सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा आज मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा हुने छ । सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूर–पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन हिजो रातिबाट पूर्णरुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो गरि बाहिरिएको हो ।

प्रतिक्रिया