दशैं र नयाँ नोटः बैंकमा सर्वसाधारणको भिड, हट्यो क्यास बोक्ने झन्झट , क्यूआर गर्न सकिने

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले दशैंका लागि नयाँ नोट वितरण शुरु गरेसंगै बैंकहरुमा सर्वसाधारणको भिड लागेको छ । 

सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकसहित विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट लिइरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेलले परम्परागत रुपमा नै दशैमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचलन रहेकाले त्यहि अनुसार यस वर्ष पनि नयाँ नोट वितरणको व्यवस्था गरिएको बताए ।
 
५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट प्रतिव्यक्तिले  १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने उनले बताए ।

३ गते शुक्रबारसम्म सर्वसाधारणले विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने उनको भनाई छ ।

उनले भने, ‘परम्परागत रुपमा नै दशैमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचल छ ।

त्यही अनुसार नै हामीले यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था गरेका छौं । आजदेखि नयाँ नोट सटही सुरु गरेका छौं ।

एक जना मानिसले । ५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट साट्न पाउने छन् । यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले साट्न पाउने व्यवस्था गरिएको छ र आज सोमबार २९ गते दखि ३ गते शुक्रबार सम्म नयाँ नोट साट्न पाउने व्यवस्था छ  बैङ्क तथा वित्तीय संस्थाबाटै र राष्ट्र बैङ्क र प्रादेशिक कार्यालयहरूबाट समेत नयाँ नोट साट्न पाइने  ।’ 

दशैका लागि नयाँ नोट साट्न सर्वसाधारणहरूको बिहानैदेखि भिड छ । राष्ट्र बैंकमा नयाँ नोट साट्न बसेका भेषराज भट्टराईले कार्यालयमा नोट सटहीको व्यवस्थापन राम्रो र व्यवस्थित नभएको गुनासो गरे ।

राष्ट्रले छुट्टै सुविधा दिएको जेष्ठ नागरिकलाई पनि अरु सरह लाइनमा राख्ने र कर्मचारीले व्यक्तिगत काममा व्यस्त भई छिटो सेवा नदिदाँ सर्वसाधारणलाई समस्या भएको भन्दै उनले आक्रोश पोखे ।

उनले भने,‘१०ः३० देखी लाइनमा छु । तीन घण्टा भयो लाइन बसेको ५ जना जतिले मात्र अहिले पाउनु भएको छ बीचमा को को आउनुभयो थाहा छैन् ।

कर्मचारी भित्र बसेर फोन गर्नुहुन्छ झ्यालमा आईज भन्नुहुन्छ ।

पैसाको जिम्मेवारी लिएको कर्मचारीले जनता यसरी लाइनमा छन् ।

व्यक्तिगत काममा व्यस्त हुने वृद्धवृद्धा लाइनमा छन् ।

जेष्ठ नागरिकलाई राष्ट्रले छुट्टै  सुविधा दिन्छ तर यहाँ व्यवस्था यहि हौ। ?

यो वर्ष पहिलो पटक क्यूआर कोडबाट समेत पैसा साट्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया