आज पहाडी भू-भागमा पानी पर्नेः हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी,बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ ।


हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ ।


आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको समेत विभागले उल्लेख गरेको छ ।
मंगलबार राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया