}else{?>
भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमि शंखधरचोकमा अवस्थीत मध्यपुर अस्पताल प्रालिले कार्तिक १ गते १३ औं वार्षिकोत्सव मनाउँदै छ ।
वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजनाका साथै छुट सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
अस्पताल प्रांगाणमा बिहान ७ बजे देखि ११ बजे सम्म रक्तदान कार्यक्रम आयोजना हुने छ । यस रक्तदान कार्यक्रममा सहभागिताको लागि अस्पताल प्रशासनले विशेष अपिल समेत गरेको छ ।
वार्षिकोत्सवको अवसरमा ओपिडि सेवामा सतप्रतिसत छुटको व्यवस्था गर्ने जनाएको छ । ओपिडि सेवा अन्तर्गत हाडजोर्नी तथा नसारोग, स्त्रीरोग, बालरोग, दन्तरोग, नाक, कान, घाँटी रोग, मुटुरोग, फिजिसियन सेवा रहेको छ ।
त्यस्तै इन्भेष्टिगेसन अन्तर्गत ल्याब, सिटिस्क्यान, एक्सरे, युएसजि, इसिजि र एमआरआइ सेवमा ५० प्रतिसत छुटको व्यवस्था गरिएको छ । साथै फार्मेसिमा १० प्रतिसत छुट हुने अस्पतालका अध्यक्ष बिष्णुराज कार्कीले बताउनु भयो ।
छुट सुविधा बिहान १०.०० बजे देखि दिउँसो ४.०० बजे सम्म उपलब्ध हुने छ । यो विशेष अवसरको लाभ लिन अस्पताल प्रशासनले सबैमा अनुरोध गरेको छ ।
मध्यपुर अस्पतालले दक्ष तथा अनुभवी चिकित्सकहरु तथा अत्याधुनिक उपकरण सहित गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै एक प्रतिष्ठित र विश्वसनिय अस्पतालको पहिचान बनाएको छ ।
अस्पतालका सेवाहरुबारे www.madhyapurhospital.com.np बाट जानकारी प्राप्त गर्न सकिने छ ।