कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल

काठमाडौं ।

केन्द्रीय अनुगमन टोलीले, सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ ।

बुधबार गरिएको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो ।

मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा पनि सिल गरिएको थियो ।

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।

अधिकांस पेट्रोल पम्पहरुमा यस प्रकारको ठगी हुने आम जनगुनासो रहेको छ ।

प्रतिक्रिया