मिस युनिभर्स नेपालले विश्व मञ्चमा राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश झल्काउने

काठमाडौं ।

मिस युनिभर्स नेपालको विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना गर्ने भएको छ ।

बुधबार आयोजित एक समारोहका बीच मिस युनिभर्स नेपालले राष्ट्रिय पोशाक सहितको प्रस्तुती दिएको हो ।

उमंग क्रियसनले नेपालमा आयोजना गरेको एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दिपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोशाक सहित आफ्नो प्रस्तुतिमार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने तयारी आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए ।

राष्ट्रिय पोशाक मार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको उनको भनाई छ ।

तयारीका लागि मिस युनिभर्स नेपाल २०२३ की नेपाालबाट विजेता ग्यरेटको कोरियोग्राफीको जिम्मा प्रशान्त ताम्राकार पाउनु भएको छ ।

मिस युनिभर्स २०२३ को ग्रान्ड फिनाले एल साल्वडोरमा आगामी नोवेम्बर १८ मा हुँदैछ ।

प्रतिक्रिया