चीनमा ह्रदयाघात भएका गृहमन्त्री श्रेष्ठ खतरामुक्त, चिकित्सकको निगरानीमा

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयाघात भएको छ ।

सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यसको पुष्टि गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमै चिकित्सकको निगरानीमा राखिएको बताईन् ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको सूचना तथा सञ्चार मन्त्री शर्माले जानकारी दिईन् ।

आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले यस विषयमा पनि छलफल गरेको जानकारी दिदैँ उनले उपप्रधानमन्त्री श्रेष्ठ खतरा मुक्त भएको बताईन् ।

उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताईन् ।

उनले भनिन्, हिजो हाम्रो उपप्रधानमन्त्री यती बेला चाईनामा हुनुहुन्छ ।

गएराती उहाँलाई अचानक ह्ृदयघात भयो र चाईनाको बेईजिङ्स्थित हस्पिटलमा उहाँको उपचार भईरहेको छ ।

अहिले उहाँ खतरा मुक्त हुनुहुन्छ भन्ने खबर छ ।

राजदूतसँग प्रधानमन्त्रीको कुरा भईरहेको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भन्ने खबर आएको छ ।

दुईचारदिन उहाँको उपचारमा अझै समय खर्च हुन सक्छ भन्ने खबर छ र त्यो कुरालाई प्रधानमन्त्रीले बैठकमा छलफल गर्नु भएको थियो ।

उनी मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा सहभागी भएका थिए ।

प्रतिक्रिया