}else{?>
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
बडादशैं, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।