}else{?>
काठमाडौं ।
गोरखाबाट हिँडेको फूलपाती काठमाडौं आईरहेको छ ।
हनुमानढोकामा भित्राउनका लागि आज बिहान ८ बजेको साईतमा गोरखा दरबारबाट फूलपाती पठाईएको थियो । अपरान्ह ३ बजे फूलपाती काठमाडौं आईपुग्ने जनाईएको छ ।
नेपाल एकीकरणपछि राजधानी काठमाडौं सारिएपछि बर्षेनी यसरी फूलपाती काठमाडौं ल्याएर हनुमानढोकामा प्रवेश गराउने चलन सुरु भएको हो ।
पहिले नुवाकोट हुँदै पैदलै डोलीमा राखेर फूलपाती पठाउने परम्परा थियो तर यातायातको सुविधा भएपछि आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । गाडीमा चण्डीस्थानको पूजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीले फूलपाती ल्याईरहेका छन् ।
परम्परा अनुसार फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् । सप्तमीका दिन बिहानको साईतमा फूलपाती काठमाडौं हिँडाउने चलन चलिआएको छ ।