दशैंमा मनकामना केबलकार तीन दिन बन्द हुने

काठमाडौं ।

प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर जाने मनकामना केबलकार दशैंमा तीन दिन बन्द हुने भएको छ ।

कार्तिक ६, ७ र ८ अर्थात् नवमी, दशमी र एकादशीका दिन केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जानएको छ ।कार्तिक ९ गतेदेखि केबलकार सेवा नियमित सञ्चालनमा आउनेछ ।
गोरखाको शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि २०५५ साल देखि यो केबलकार सेवा संचालनमा छ ।

चितवनको इच्छाकामना– ४, कुरिनटार (चेरेस) बाट केबलकारमा १० मिनेटमा मनकामना माता माईको मन्दिरमा पुग्न सकिन्छ ।

प्रतिक्रिया