जाजरकोट भूकम्पः १ सय ५७ को मृत्यु, १६६ घाइते

काठमाडौँ ।

कार्तिक १७ गते राती २३.४७ बजे जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर गएको ६।४ रेक्टरको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा सबैभन्दा धेरै १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।
त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।

घाइतेहरुमध्य अवस्था सुर्खेत, नेपालगञ्ज, र काठमाडौको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
मध्यरातमा गएको भुकम्पका कारण धेरै जनधनको क्षती भएको छ ।

सरकारले भुकम्प प्रभावितहरुका लागि उद्दार, उपचार र राहतमा तदारुकताका साथ काम गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड बिहानै स्वास्थ्यकर्मीको टोलि सहित प्रभावित क्षेत्रपुगेर पिडितहरुलाई सहानुभुती र ढाडस दिंदै यो विपत्तिमा सरकार साथमा रहेको प्रतिवद्धता जनाएका थिए ।

प्रभावित जिल्लमा तत्काल ५५ करोड पठाउँदै राहत वितरणमा एकद्धार प्रणली अपनाउने गृहमन्त्री नारायण काजी श्रेष्ठले बताएका छन् ।

भने विभिन्न संघ संस्थाहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया