}else{?>
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपछिका दिनमा पनि सरकारसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।
अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्माले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको भेटमा आगामी दिनमा गैरआवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनःनिर्माणमा पनि सरकारसँग समन्वय गरेर काम गर्ने शर्माले प्रतिबद्धता जनाए ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्र पुगेर राहत सामग्री वितरण गरेको एनआरएनले बुधबार सुर्खेतमा उपप्रधानमन्त्री खड्कासँग उनकै निवासमा भेटेको थियो ।
उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर गरेको सहयोगप्रति एनआरएनएलाई धन्यवाद दिए ।
अध्यक्ष शर्मासँग निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धि सागर सुवेदी, युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएन अभियन्ता ओम शर्मा सहभागी थिए ।