}else{?>
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आजदेखि हेटौंडामा सुरु हुँदैछ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तगी विशेष साधारण सभाको मुख्य एजेन्डा रहेको जनाईएको छ ।
नेम्वाङले नेतृत्व गरेको टिमले काम गर्न नसकेको आरोप लगाउँदै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तगीको माग गर्दै निवेदन दर्ता गरेका थिए ।
उनीहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित पदबाट निष्काशनको माग गरेका छन् ।
तर अध्यक्ष नेम्वाङले आफू बर्खास्तगीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तगीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका छुन् ।
नेम्वाङको बर्खास्तगीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ। एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार छ ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाई अर्थात कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।