}else{?>
हेटौंडा ।
‘सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप २०८०’ फुटबल प्रतियोगिता आजदेखि हेटौंडामा सुरु हुँदैछ ।
मंसिर १३ गतेसम्म हुने फुटबल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ ।
स्थानीय पिप्लेक्याम्पा रंगशालामा हुने खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले गर्नेछन् ।
आजको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र नागस्वती युवा क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
खेलमा प्रथम हुने टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त पाउने छन् । उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।