}else{?>
काठमाडौं ।
श्रृजना ज्ञान सागरले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ ।
टेबलटेनिसमा ३ स्वर्णका लागि भएको स्पर्धामा आइतबार तीनै स्वर्ण श्रृजना ज्ञान सागरले हात पारेको हो ।
मनमैजुस्थित एन्जल्स हार्टमा भएको ब्वाइज फाइनलमा सन्तोष थापाले ग्रिन हिल्सका रोहित भण्डारीलाई ११–५, ११–४ र ११–६ को सोझो सेटमा पराजित गरे ।
तारकेश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा विपिना थापाले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की रक्षा थापालाई सोझो सेटमा ११–२, ११–४ र ११–७ ले हराइन् ।
मिक्स डबल्समा कुशल श्रेष्ठ र सुप्रिया बोगटीको जोडीले ग्रिन हिल्सका जिमाल गुरुङ र आकृति रिमालको जोडीलाई फाइनलमा ११–४, ११–४ र ११–५ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।
बास्केटबलमा एलएनएको दोहोरो जित
एलएनएले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको जुनियर ब्वाइज बास्केटबलमा दोहोरो जित निकालेको छ ।
मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले रोजमेरीलाई २६–१५ ले पराजित ग¥यो । एलएनएको जितमा सर्गम थापाले १२ अंक योगदान गरे । मनीष केसीको ८ अंक सहयोगमा एलएनएले मानसिंह धर्म माविलाई २५–१३ ले हरायो ।
जुनियर ब्वाइजमै एन्जल्स हार्टले मानसिंहलाई २३–१५, सिद्धार्थले एन्जल्स हार्टलाई १८–११ र मेघा पब्लिक स्कुललाई पनि १८–११ तथा पद्मचक्रले एन्जल्स हार्टलाई २१–१२ ले पाखा लगाए ।
गल्र्समा एलएनएले स्प्रिङ भ्यालीलाई २९–२०, एन्जल्स हार्टले नर्थ प्वाइन्टलाई २१–१२, मानसिंहले एन्जल्स हार्टलाई २०–१२ र ल्यान्डमार्कले प्रारम्भ वल्र्डलाई २५–१७ ले पाखा लगाए ।