}else{?>
काठमाडौं ।
कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका–२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना गएराति पक्राउ परेका हुन् । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको जनाएको छ । थप यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।