}else{?>
काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ ।
बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
तराईका थोरै स्थानहरूमा हुस्सुकुहिरो लागेको जनाइएको छ ।
दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ ।