}else{?>
दोलखा ।
दोलखामा एक दिवसीय “१७ औं बौद्ध जागरण शिविर” सम्पन्न भएको छ ।
श्री पद्मवर्ण बुद्ध महाविहार दोलखाको स्थापनाको उद्देश्य “बुद्ध विचार, बुद्ध व्यवहार, बुद्ध ज्ञानको माध्यमबाट मानवमात्रको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने” अनुरुप युवक बौद्ध मण्डल नेपाल, ललितपुरको आयोजना तथा कालिञ्चोक युवा क्लब दोलखा, वणारसी सहयोगी हातहरु काठमाडौं तथा लालीगुँरास युवा क्लब चरिकोटको सह(आयोजनामा दोलखाको भीमेश्वर नगरपालिका स्थित श्री राजकुलेश्वर आधारभूत विद्यालयमा मंसिर ३० गते उक्त एक दिवसीय “१७ औं बौद्ध जागरण शिविर, दोलखा” सम्पन्न भएको हो । प्रमुख अतिथी एवं मूल देशनाकर्ता श्रद्धेय भिक्षु विमलो स्थविरज्यूबाट दीप प्रज्ज्वलन एवं पञ्चशील प्रार्थनाबाट शुरु भएको कार्यक्रममा सहभागीहरुको वाक्लो उपस्थिती रहेको थियो ।
तीन सत्रमा विभक्त गरी संचालित उक्त कार्यक्रमको पहिलो सत्रमा श्रद्धेय भिक्षु विमलो स्थविरज्यूले सम्पूर्ण सहभागीहरुलाई सरल, सहज भाषामा पञ्चशीलको बारेमा जानकारी दिँदै मानव जीवनमा यसको महत्वलाई समय सान्दर्भिक उपमासहित शिक्षा प्रदान गर्नु भएको थियो ।
दोस्रो सत्रमा बौद्ध विद्वान श्री सुरेन्द्रकुमार शाक्यज्यूले हाम्रो दैनिक जीवनमा अत्यावश्यक “गृही विनय” विषयमा सहभागीहरुलाई सरल र सहज भाषामा कुनै पनि घर शान्त सरल र सहज रुपमा जीवन यापन गर्नको लागि बुद्धले दिनुभएको उपदेशहरुको परिचय एवं महत्वको रुपमा प्रकाश पार्नु भएको थियो ।
तेस्रो सत्रमा श्रद्धेय भिक्षु विमलो स्थविरज्यूले सम्पूर्ण सहभागीहरुलाई बुद्धले दिनुभएको चतुआर्य सत्यको बारेमा जानकारी गराउँदै यसले मानव जीवनमा पार्ने प्रभाव र यसको महत्वलाई समय सान्दभिक सरल भाषामा विभिन्न उपमाहरु सहित शिक्षा प्रदान गर्नु भएको थियो।
कार्यक्रमको अन्तमा साँझ साँढे चार बजे विपश्यना ध्यानको आधारभूत ज्ञान तथा ध्यान विधीको जानकारी सहित करिब ३० मिनेटको ध्यानअभ्यास गराई सम्पूर्ण सहभागीहरुलाई श्रद्धेय भिक्षु विमलो स्थविरज्यूबाट प्रमाण(पत्र वितरण गर्नु भएको थियो।
पद्मवर्ण बुद्ध महाविहार दोलखाका स्थानिय संयोजक श्री भगवानदास श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम युवक बौद्ध मण्डलका श्री सुरेन्द्रराज शाक्यले संचालन गर्नु भएको थियो ।
कार्यक्रम सोचेको भन्दा पनि सफल भएकोले सफल पार्न अहम् भूमिका निवारण गर्नु हुने संयोजक श्री भगवानदाश श्रेष्ठ, कालिञ्चोक युवा क्लवका अध्यक्ष श्री अनिलचन्द्र श्रेष्ठ, महासचिव श्री सन्तोष प्रधान, वणारसी सहयोगी हातहरुका अध्यक्ष श्री निरेश श्रेष्ठ, उपाध्यक्ष श्री दिलिप श्रेष्ठ, सदस्य श्री रामबहादुर श्रेष्ठ, श्री शरण श्रेष्ठ, श्री कृष्णकुमार श्रेष्ठको उच्च मूल्यांकन सहित सह-आयोजक संस्थाहरुलाई कदर-पत्र वितरण गरि कार्यक्रम समापन भएको थियो ।
फाेटाे फिचरः