}else{?>
काठमाडौं ।
ललितपुर सिटी एफसीले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फाइनल खेल्ने भएको छ ।
दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढी एफसीसँगको भिडन्त पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । खेलको निर्णायक गोल सब्स्टिच्युट कुशल देउवाले ९९औं मिनेटमा गरे । ललितपुरले प्रतियोगिताको फाइनल खेल्न लागेको यो पहिलोपल्ट हो ।
पोखराले ललितपुर १० खेलाडीमा सीमित रहेको स्थितिको फाइदा उठाउन सकेन् । ललितपुर ३४ औं मिनेटमा निखिल सुरेशराव कदमलाई गुमाएको हो ।
धनगढी पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको थियो । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई हराएको थियो ।
ललितपुरले भने इलिमिनेटरमा काठमाडौं रेजर्सलाई पराजित गरेको थियो । लिग चरणमा शीर्ष स्थानमा रहेर पनि प्ले अफमा पोखराको प्रदर्शनलाई भाग्यले साथ दिएन् ।
ललितपुर भने प्ले अफका दुई खेल लगातार जित्न सफल रह्यो । फाइनल शनिबार हुनेछ ।