}else{?>
काठमाडौं ।
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जेनोआसँग अंक बाँडेको छ ।
शुक्रबार राति भएको खेलमा इन्टरले जेनोआसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
इन्टरले सुरुआती अग्रता लिए पनि जोगाउन असफल रह्यो । मार्को अर्नाटोभिकले ४२ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफकै अतिरिक्त सातौं मिनेटमा जेनोआले बराबरी गोल फर्काउन सफल भयो । अल्बर्ट गुडमन्डसनको पासमा राडु ड्रागुयनले गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि थप गोल नहुँदा दुव टिमले एक एक अंक बाँडे ।
अंक बाँडेपनि शीर्ष स्थानमा रहेको इन्टरले ५ अंकको अग्रता लिएको छ । इन्टरले १८ खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको युभेन्टसको ४० अंक रहेको छ । जेनोआ २० अंकका साथ तालिकाको १३ औं स्थानमा छ ।