}else{?>
काठमाडौं ।
आज अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।
पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।