}else{?>
विश्वका ७० भन्दाबढी देशहरूमा हुनेछ राष्ट्रव्यापी निर्वाचन
काठमाडौं ।
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । सन् २०२४ लाई अहिलेसम्मकै ठूलो निर्वाचन वर्षको रुपमा हेरिएको छ ।
खासगरि सन् २०२४ मा विश्वका तीन शक्ती राष्ट्रहरुमा हुने निर्वाचनलाई विश्व समुदायले मुख्य चासोका साथ हेरेको छ । यस वर्ष भारत, संयुक्त राज्य अमेरिका र बेलायतमा आम निर्वाचन हुनेछ । (बेलायतको चुनाव जनवरी २०२५ सम्म ढिलो हुने सम्भावना देखिन्छ, त्यसलाई छोडौं) ।
आउँदो वर्ष हामी धेरैजसो समय चुनावी अभियान र नतिजाका बारेमा पढेर बिताउने छौं । २०२४मा संयुक्त राज्य अमेरिकामा ६०औं चतुर्वार्षिक राष्ट्रपतिय चुनाव हुनेछ । नोभेम्बर ५, मा हुने निर्वाचनमा मतदाताले चार वर्षको लागि राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछन् ।
डेमोक्रेटिक पार्टीका सदस्य एंव वर्तमान राष्ट्रपति जो वाइडेन पुनः चुनावको लागि दौडिरहेका छन् । उनका पूर्ववर्ती रिपब्लिकन पार्टीका सदस्य डोनाल्ड ट्रम्पले पनि आफनो पक्षमा जनमत पार्न आजैदेखि दौडधुप सुरु गरेका छन् ।
यता छिमेकी राष्ट्र भारतको चुनावमा के हुने हो अहिल्लै भनिहाल्न सकिदैन । भारतमा यदि सत्ताधारी पार्टीमा परिवर्तन भयो भने त्यो साँच्चै आश्चर्यजनक हुनेछ । तर, त्यस्तो सम्भावना न्यून मात्र देखिन्छ ।
त्यस्तै, बेलायतमा यदि शासक पार्टीमा कुनै परिवर्तन भएन भने त्यो अझ ठूलो आश्चर्यको कुरा हुनेछ । उता ऋषि सुनकको कन्जरभेटिभहरूले चुनावी नतिजा उलटपुलटको इच्छा राखेको पढ्न पाइन्छ । त्यँहाको लेबर पार्टी सत्तामा फर्कने तयारीमा छौं ।
पछिल्लो समय उदारवादी लोकतन्त्रको अवधारणा विश्वका धेरैजसो ठाउँमा केही दुरुपयोग जस्तै भएको छ ।
जसकारण कारण केही प्रमुख लोकतन्त्रीक देशहरुले राजनीतिक नवीकरण गर्ने क्षमता गुमाएका छन् । चुनावमा उभिनेहरूमध्ये कोही न त उदारवादी छन् न लोकतन्त्रवादी छन् । तैपनि बहुलवादी नभएका राजनीतिक प्रणालीहरूले पनि चुनावको चपेटामा जानुपर्ने आवश्यकता महसुस गरिरहेका छन् । राष्ट्रपति पुटिन मार्चमा फेरि रुसको राष्ट्रपतिमा उभिएका छन् । रुसमा उनी वर्षैंदेखि एकछत्र राज जमाइरहेका छन् ।
यस वर्ष सन् २०२४मा आइसल्याण्डदेखि मोल्डोभा, ताइवानदेखि टुभालुसम्म ७० भन्दा बढी देशहरूले कुनै न कुनै प्रकारको राष्ट्रव्यापीनिर्वाचन गर्नेछन् । यी मध्ये केही सहिष्णु रूपमा स्वतन्त्र र निष्पक्ष हुने आशा गरिएको छ ।
अन्त्यमा, सन् २०२४ अहिलेसम्मकै सबैभन्दा ठूलो निर्वाचन वर्ष हुनेछ ।