दक्षिण कोरियाः विपक्षी दलका नेता म्युङमाथि चक्कु प्रहार

काठमाडौं ।

दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ ।
प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनको घाँटीको देब्रे भागमा चक्कु पैहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ ।
आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए ।

प्रतिक्रिया