}else{?>
काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ ।
मंगलबार राति ८ खेलाडीमा सिमित भएको गेटाफेमाथि २–० को जित निकालेको हो ।
गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४० औं मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।
पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो । उसका सर्जियो क्यामेलोले गोल गरेका थिए ।
पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो । ४७ औं मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
५० औं मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो ।
डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो । तर, त्यसको फाइदा रायो भालकानोले लिन सकेन ।
जितपछि रायो भालकानो २३ अंकका साथ ११ औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।