}else{?>
“सुखी समाजको चाहना–बुद्ध शिक्षाको अवधारणा” भन्ने मुल नाराका साथ ह्याप्पी सोसाईटी नेपालले माइन्ड डिजाईन प्रोग्राम को दोस्रो सृंखला सम्पन्न गरेको छ ।
माघ २७ गते शनिबार काठमाडौंको बागबजारमा अवस्थित पद्यकन्या क्याम्पसको आयोजना तथा पद्यवर्ण महाविहार दोलखाको संयोजनमा भएको उक्त कार्यक्रमक क्याम्पसकै सभाहलमा भएको थियो ।
मानिसमा सकारात्क सोच, चिन्तन र सत्कर्मका लागि बुद्ध विचार, बुद्ध व्यवहार र बुद्ध ज्ञानको माध्यमबाट कसरी माइन्ड डिजाईन गर्न सकिन्छ भन्ने अभियानका साथ कार्यक्रम आयोजना भएको हो ।
दुइ सत्रमा संचालित उक्त कार्यक्रममा बुद्धशिक्षाका अध्ययता संगीता श्रेष्ठले मानिस घरपरिवारमा किन खुशी हुन सकिरहेका छैनन् र कसरी खुशी प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा गृहविनय (घरको अनुसाशन) बारे प्रस्तुतीकरण दिनु भएको थियो ।
बुद्धशिक्षाका ज्ञाता तथा ध्यानगुरु प्रेम बहादुर शाक्यले ज्ञानका प्रकार, पुजाको खास अर्थ र सत्यका प्रकारहरुबारे प्रकाश पार्नुहुँदै ध्यानको अध्यास समेत गराउनु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुका साथ पद्यकन्या क्याम्पसका विद्यार्थीहरुको उल्यख्य सहभागिता रहेको थियो ।
सहभागी विद्यार्थीहरुले ज्ञान र ध्यानको अभ्यासले अध्ययन सँगै व्यक्तिगत र व्यावसायीक जीवनका लागि समेत निकै लाभदायीहुने महसुस गरेकोले यो कार्यक्रममा नियमित सहभागीहुने बताए ।
सुखी समाज निर्माण गर्न बुद्ध शिक्षाकाबारेमा विद्यार्थीहरु मार्फत जानकारी दिँदा चाँडो र प्रभावकारीरुपमा समाजमा कार्यान्वयनमा जान सकिनेहुँदा पद्यकन्या क्याम्पससँगको सहकार्यमा हरेक शनिबार दिउँसो २ देखि ४ बजे सम्म दुइघण्टा नियमित यो कार्यक्रम संचालन हुने ह्याप्पी सोसाईटी नेपालका परिकल्पनाकार डा. सुनिल मास्केले बताउनु भयो ।
कार्यक्रमको सहआयोजकमा नेपाल राष्ट्रिय ज्ञानमाला समिति, कालिञ्चोक युवा क्लव दोलखा, वणारसी सहयोगी हातहरु काठमाडौं, चरिकोट गुठी, द्धाल्खा म्याचमुसा खलक काठमाडौं र लालीगुराँस युवा क्लव चरिकोट रहेका छन् ।
यो कार्यक्रम पद्यकन्या क्याम्पस हरेक शनिबार दिउँसो २ देखि ४ बजे सम्म दुइघण्टा नियमित संचालन हुने छ ।
फाेटाे फिचरः