जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णयहरु

आज जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णयहरु गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१) जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने ।
२) नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री लोकनाथ पौडेललाई बढुवा गर्ने ।
३) नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने ।
४) नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा श्री प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने ।
५) न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा श्री संगिता खड्कालाई नियुक्त गर्ने ।

प्रतिक्रिया