}else{?>
प्रा.डा. गोविन्द केसीले ६ दिन लामो आमरण अनशन तोडेका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका बिभिन्न चारबुँदे माग राखेर डा. केसीले वैशाख २९ देखि पशुपति मृगस्थलीमा आमरण अनशन थालेका थिए ।
केसीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मुटुको चालमा समस्या देखिनुका साथै रगतमा सुगरको मात्रामा कमी देखिएको थियो ।
चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।