}else{?>
भक्तपुरको सुर्यविनायक नगरपालिका-५, चुनदेवीमा अवस्थित विङ्स एकेडेमीले गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते कक्षा आठ, नौ र दशमा अध्ययनरत विद्यार्थीहरुका लागि पाठ्यक्रममा आधारित रहेर नेपालमा संघीयताको अवधारणा, महत्व र चुनौती विषयमा (प्यानल डिस्कसन) छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई नेपालको शासकीय प्रणालीको स्वरुप, मर्म र प्रभावकारीताबारे सरोकारवाला व्यक्तिहरुबाटै यसको अभ्यास र अनुभवबारे जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रञ्जना भण्डारीले बताउनुभयो ।
कार्यक्रममा प्यानलिष्टका रुपमा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सुर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराई र सुर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेलको सहभागीता रहेको थियो भने सुर्यविनायक नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा र शिक्षा शाखा प्रमुख रत्न बहादुर कटुवालको पनि उपस्थिती रहेको थियो ।
विद्यालयका विद्यार्थीहरुले नै कार्यक्रम संचालन तथा मध्यस्तकर्ताको भुमिका निर्वाह गरेका थिए ।
विद्यार्थीहरुको विज्ञासामा सांसद सन्तोष परियारले संघीयताको अवधारणा, महत्व र चुनौतीबारे सरल तरिकाले प्रष्ट पार्दै राष्ट्रको समृद्धी र नागरिकको समुन्नतीका लागि अहिलेको शासकीय प्रणाली उत्तम रहेको बताउनु भयो । दश वर्षे जनयुद्ध, २०६२/६३ को बृहत जनआन्दोन, मधेश आन्दोलन सहित लामो समयको संघर्ष र बलिदानबाट स्थापित लोकतान्त्रीक संघिय शासन प्रणालीलाई संस्थागत गर्न असल नेतृत्व र क्षमतावान कर्मचारीको आवश्यकता रहेको औंल्याउँदै समन्वय, सहकार्य र सहअस्तित्व सहित यसको प्रभावकारी कार्यान्वयनकालागि सबैको साझा दायत्वि रहेको पनि उहाँको धारणा थियो ।
“संघीयता महंगो भयो, देशले धान्न सक्दैन भनिन्छ नि” भन्ने विद्यार्थीहरुको प्रश्नमा सांसद परियारले अहिले सुरुवाती चरणमा राज्य संचालनका लागि आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गर्दा अलि खर्चिलो देखिएको हो तर भविष्यमा यो निकै कम खर्चिलो र प्रभावकारी हुने बताउँदै संघीयता बिरोधीहरुले यस बारे विभिन्न भ्रमहरु फैलाईएको भए पनि यसको बास्तविक मर्म बुझ्नु जरुरी रहेको र विद्यार्थीहरुले नै यसबारे राम्रो सँग बुझ्नुपर्ने बताउनु भयो ।
सुर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले संघीयतामा संघ, प्रदेश र स्थानीयतहको काम, कर्तव्य र अधिकार स्पष्टरुपमा विभाजन भएकोले सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतीक सहित चौतर्फि विकासमा महत्वपूर्ण योगदान पुगेको बताउनु भयो । स्थानीय तहलाई कानूनी र आर्थिक अधिकार प्रत्यायोजन भएकोले समय सापेक्ष नागरिकको घरदैलो सम्म छिाटो र प्रभावकारी सेवा प्रवाह गर्न सम्भव भएकोले यो शासकीय व्यवस्थाको महत्वबारे प्रष्ट पार्नु भयो । विगतमा भन्दा संघीयता लागु भएपछि नागरिकले अपनत्व महसुस गर्ने गरि विकास र सेवा प्रवाह प्रभावकारी भएको पनि उहाँले उल्लेख गर्नु भयो ।
सुर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेलले हाल संघीयता लागु भएपछि स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहित स्रोत र शक्ति सम्पन्न भएको जानकारी दिनुभयो । संविधिानमा उल्लेख भए बमोजिम संघिय, प्रदेश र स्थानीयतह बीचको समन्वय, सहकार्य र सहअस्तित्वमा शासन व्यवस्था कसरी सञ्चालन हुन्छ, अधिकार र दायित्व के के हुन्छन् भन्ने बारे पनि प्रष्ट पार्नु भयो । “संघीयता लागु भएपछि भ्रष्टाचार बढेको छ भन्ने सुनिन्छ नि” भन्ने विद्यार्थीको प्रश्नमा लुइटेलले भ्रष्टाचार भनेको कुनै शासन व्यस्थामा आधारित नभई व्यक्तिको आचरणमा निर्भर हुने भएकोले कुनै व्यक्तिले गरेको गल्ती वा बद्नियतलाई व्यवस्थासँग जोडर बुझ्न नहुने उहाँको भनाई थियो । साथै उहाँले भविष्यका कर्णाधार विद्यार्थीहरुलाई सानै देखि असल आचरण विकास गर्न पनि अनुरोध गर्नु भयो ।
विद्यार्थीहरुका विभिन्न प्रश्न र जिज्ञासा सम्बोधन गर्दै तिनैजना वक्ताहरुले संघीयताको अवधारणा, महत्व र चुनौतीबारे प्रष्ट पार्नु भएको थियो ।
यस कार्यक्रममा विङ्ग्स एकेडेमीका साथै ज्योति माध्यमिक विद्यालय र सुवर्णेश्वर आधारभुत विद्यालयका कक्षा आठ देखि दश सम्मका करिब १५० विद्यार्थी र शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
सहभागी विद्यार्थीहरुले संघीयताबारे पाठ्यक्रममा पढ्दा स्पष्ट नभएका कुराहरु सम्बन्धित व्यक्तिहरुबाटै बुझ्न पाएकोले यस बारे अझ प्रष्ट भएको बताए ।
पठ्यक्रमलाई प्रयोगात्मक अभ्यास सँग जोडेर आयोजना गरिने यस प्रकारका कार्यक्रमहरुलाई भविष्यमा पनि निरन्तरता दिने विङ्ग्स एकेडेमीका परामर्शदाता रमिला सुवेदीले बताउनु भयो ।
विङ्ग्स एकेडेमीका शैक्षिक निर्देशक दिपेन्द्र भण्डारीले “पब्लिक प्राइभेट पार्टनरशिप प्राक्टीस” अन्तर्गत सुर्यविनायक नगरपालिका भित्रका नजिकका दुई सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागी गराएर आयोजना गरिएको यस कार्यक्रम निकै फलदायी भएको बताउँदै तिनैजना वक्ता, सहभागी विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।