}else{?>
भक्तपुरको मध्यपुर थिमिमा अवस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना प्राधानांग चयन हुनुभएको छ । शनिबार सम्पन्न अस्पतालको १४ औं वार्षिक साधारणसभाले अस्पतालको अध्यक्षमा सर्बसम्मत रुपमा डा. रविनालाई चयन गरेको हो ।
वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रविना प्राधानांगले मध्यपुर अस्पतालको स्थापनाकाल देखिनै मेडिकल निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । यस अघि विष्णुराज कार्की अस्पतालको अध्यक्ष हुनुहुन्थ्यो ।
डा. रविनाले रसियाबाट सन् १९९९ मा एमबीबीएस र सन् २००६ मा रसियाबाटै एमडी गर्नुभएको थियो ।
उहाँसँग धुलिखेल अस्पताल, लमजुङ अस्पताल, च्छो रोल्पा हस्पिटल, परोपकार प्रसुति गृहमा काम गरेको अनुभव छ ।
सन् २०१० मा ५० शैय्याबाट सेवा सुरुको मध्यपुर अस्पताल सन् २०२१ देखि १०० शैय्यामा संचालनमा छ ।
अत्याधुनिक उपकरण सहितको पुर्वाधार, दक्ष तथा अनुभवी चिकित्सक एवं मेडिकल टिम सहित चुस्त व्यवस्थापनका साथ मध्यपुर अस्पतालले गुणस्तरिय सेवा प्रवाह गर्दै एक प्रतिष्ठित र विश्वासिलो हस्पिटलको पहिचान बनाएको छ ।